यो साताका २० तस्बिर « Khabarhub

यो साताका २० तस्बिर


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहले निकै चर्चा पायो । युवा पुस्ताको पढ्न विदेश जाने रहरको चर्चासमेत दिक्षान्त समारोहसँगसँगै उठ्यो । यसबाहेक यो साताका तस्बिरमा चितवन राष्ट्रिय निकुञ्ज, परम्परागत प्रविधि, कृषि उत्पादन, हस्तकला, पर्यटन, विकास निर्माण, शिक्षा, बालबालिका, सुन्दर हिमाल, गाउँबस्ती, व्यवसायिक खेतीपाती, विवाह पञ्चमी र किशानको दैनिकीलाई समेटिएको छ । तस्बिरः रासस

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार आयोजना गरेको त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका दीक्षित विद्यार्थी ।
चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा पालेका हात्ती चराएर ल्याउँदै माउते ।
म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाको सुन्तला बगैँचा । बास्कुनाका बासिन्दाले पुरै गाउँमा सुन्तला खेती गरेका छन् ।
चितवनको कालिका नगरपालिका १० जिङलाउमा चिउरीको बियाँ पेलेर घिउ निकाल्दै स्थानीय गोपाल प्रजाको परिवार ।
चितवनको कालिका नगरपालिका–१० स्थित पाइमाराङ खोलामा रहेको पानीघट्टमा मकै पिस्दै दमियो डाँडाका ७८ वर्षीय नरबहादुर प्रजा ।
तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रिङको सुन्तला बजार लैजान गरिएको व्यवस्थापन।
बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दूरमा रहेको यो गाउँले पर्यटक आकर्षण गरिरहेको छ ।
नेपाल हस्तकला महासङ्घले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनीमा बिक्रीका लागि राखिएका सामग्री ।
बयालीस वर्षपछि सिन्धुलीगढीमा फर्किएको कालीतोप अवलोकन गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेललगायत सरोकारवाला ।
बिजुली बत्तीले झिलिमिली बनेको बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल । पर्यटक आकर्षित गर्न बागलुङ नगरपालिकाले पुलमा बत्ती जडान गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटमा डुम्मरगाउँका सिरबहादुर पुनले व्यवसायिक रुपमा गरेको मौरीपालन । दश वर्षदेखी घोराहीमा व्यवसायिक रुपमा मौरी पाल्दै आएका पुनले भाडाको जग्गामा एक सय पचास घार मौरी चराउन लगेका हुन्।
सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ ओक्तेनमा धान र पराल छुट्याउन गोरु घुमाएर परम्परागत दाइँ गर्दै किसान । गोरु घुमाएर गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ जडने बास्तोला गाउँ वनपधेरो झोलुङ्गे पुलमा शनिबार घुम्न पुगेका आन्तरिक पर्यटकहरु ।
मुगु जिल्ला सोरु गाउँपालिका अन्तर्गत विजय मावि कालैका विद्यार्थीले न्यानो कपडा र स्कुल ड्रेस पाउँदा देखिएको खुसी ।
म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ स्थित गोठीचौरमा कमानसिंह कुँवरले गरेको मौरीपालन व्यवसाय । उनको घरमा मुढे र आधुनिक गरेर सय वटा मौरीका घार छन् ।
विवाहपञ्चमीका दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शनार्थीको भीड।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा ।
सर्लाहीमा रहेको चिनी उद्योगहरुमा उखु क्रसिङ सुरु गरेपछि बयलगाडामा उखु बोकेर चिनी उद्योगतर्फ जाँदै बसबरिया गाउँपालिका धनगढाका उखु किसान ।

 

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ४४ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा