विवाह अघि नै गर्भवती थिइन् भाग्यश्री ! « Khabarhub

विवाह अघि नै गर्भवती थिइन् भाग्यश्री !


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायिका भाग्यश्रीले पहिलो फिल्म ‘मैंने प्यार किया’को पोस्टर सुटको बेला पाँच महिनाको गर्भवती भएको किस्साबारे खुलासा गरेकी छिन् । फिल्म प्रदर्शनमा आएको ३४ वर्षपछि उनले सो घटनाबारे बोलेकी हुन् ।

भाग्यश्रीले सुरज बर्जात्याको फिल्म ‘मैंने प्यार किया’बाट अभिनयमा डेब्यु गरेकी हुन् । जुन फिल्मको नायक सलमान खान थिए । यही फिल्मबाट दुवै जना ‘स्टार’ बनेका हुन् । आज पनि भाग्यश्रीको नाम आउँदा यही फिल्मको सम्झना गरिन्छ ।

वास्तवमा भाग्यश्री फिल्मको दौरानमा हिमालय दसानीसँगको प्रेममा थिइन् । फिल्म प्रदर्शनमा आएपछि उनीहरूले विवाह गरेका थिए ।

सुपरहिट डेब्युले कारण भाग्यश्रीलाई फिल्म अफरको लर्को लागेको थियो तर उनले गरिनन् । यस मौकाको सदुपयोग नगरी उनले विवाहको निर्णय गरिन् । भर्खरै अभिनयमा लाग्दै गरेकी नायिकाले नयाँ अफर अस्वीकार गरेर घरजम गर्ने निर्णयले धेरै आश्चर्यमा परेका थिए ।

सलमानको टिप्पणी
भाग्यश्री विवाहअघि नै गर्भवती भएको कुरा विभिन्न मिडियाले दाबी गर्दै आएका छन् । उनले यसबारेमा मुख खोलेकी छैनन् तर फिल्मको पोस्टर सुटमा भने आफू पाँच महिनाको गर्भवती भएको स्वीकार गरेकी छिन् ।

यद्यपि भाग्यश्रीले फिल्म प्रदर्शनमा आएपछि मात्रै विवाह गरेकी हुन् तर उनले ‘पोस्टरका लागि फोटो सुटमै गर्भवती थिएँ’ भनेर दिएको अभिव्यक्ति भने विरोधाभास देखिन्छ ।

उनले एक अन्तर्वार्तामा भनेकी छिन्– ‘चर्चित फोटोग्राफर गौतम राजदक्ष्यले फिल्मको पोस्टरका लागि फोटो खिचेका थिए । त्यस बेला म पाँच महिनाको गर्भवती थिएँ ।’

यद्यपि फिल्म प्रदर्शनपछि पनि फोटो सुट भएको हुनसक्ने तथ्यलाई भने नकार्न सकिँदैन ।

उनले पाँच महिनाको गर्व रहेको कुरा कसैलाई पनि जानकारी नदिएको समेत बताएकी छिन् । उनी थप्छिन्– सलमानले मेरो ज्यान ठूलो देखेर ‘बिहेपछि तिमी मोटी भयौँ’ भनेका थिए ।

दुई बच्चाको आमा बनेर फिल्ममा
सुपरहिट डेब्युकाे अवसरलाई पारिवारिक कारण देखाएर अभिनयबाट टाढा रहेकी भाग्यश्री दुई बच्चालाई जन्म दिएर मात्रै अभिनयमा फर्किएकी हुन् ।

सन्तान जन्माउन आफ्नो अभिनयको कामलाई आफूले विश्राम दिने निर्णय गरेको उनले सोही अन्तर्वार्तामा खुलाएकी छिन् ।

बच्चाको भविष्यका लागि विशेष गरी बाल्यकालमा आमासँगै रहनुपर्ने भएकाले आफूले सो निर्णय लिएको उनको दाबी छ । उनी थप्छिन्, ‘यो कुरा महत्त्वपूर्ण छ ।’

उनको पहिलो सन्तान छोरा र दोस्रो सन्तान छोरी हुन् ।

दोस्रो सन्तानलाई जन्म दिएपछि उनी तेलगु भाषाको फिल्ममार्फत् अभिनयमा फर्किइन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : ०६ बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल