विवाह अघि नै गर्भवती थिइन् भाग्यश्री ! « Khabarhub

विवाह अघि नै गर्भवती थिइन् भाग्यश्री !


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायिका भाग्यश्रीले पहिलो फिल्म ‘मैंने प्यार किया’को पोस्टर सुटको बेला पाँच महिनाको गर्भवती भएको किस्साबारे खुलासा गरेकी छिन् । फिल्म प्रदर्शनमा आएको ३४ वर्षपछि उनले सो घटनाबारे बोलेकी हुन् ।

भाग्यश्रीले सुरज बर्जात्याको फिल्म ‘मैंने प्यार किया’बाट अभिनयमा डेब्यु गरेकी हुन् । जुन फिल्मको नायक सलमान खान थिए । यही फिल्मबाट दुवै जना ‘स्टार’ बनेका हुन् । आज पनि भाग्यश्रीको नाम आउँदा यही फिल्मको सम्झना गरिन्छ ।

वास्तवमा भाग्यश्री फिल्मको दौरानमा हिमालय दसानीसँगको प्रेममा थिइन् । फिल्म प्रदर्शनमा आएपछि उनीहरूले विवाह गरेका थिए ।

सुपरहिट डेब्युले कारण भाग्यश्रीलाई फिल्म अफरको लर्को लागेको थियो तर उनले गरिनन् । यस मौकाको सदुपयोग नगरी उनले विवाहको निर्णय गरिन् । भर्खरै अभिनयमा लाग्दै गरेकी नायिकाले नयाँ अफर अस्वीकार गरेर घरजम गर्ने निर्णयले धेरै आश्चर्यमा परेका थिए ।

सलमानको टिप्पणी
भाग्यश्री विवाहअघि नै गर्भवती भएको कुरा विभिन्न मिडियाले दाबी गर्दै आएका छन् । उनले यसबारेमा मुख खोलेकी छैनन् तर फिल्मको पोस्टर सुटमा भने आफू पाँच महिनाको गर्भवती भएको स्वीकार गरेकी छिन् ।

यद्यपि भाग्यश्रीले फिल्म प्रदर्शनमा आएपछि मात्रै विवाह गरेकी हुन् तर उनले ‘पोस्टरका लागि फोटो सुटमै गर्भवती थिएँ’ भनेर दिएको अभिव्यक्ति भने विरोधाभास देखिन्छ ।

उनले एक अन्तर्वार्तामा भनेकी छिन्– ‘चर्चित फोटोग्राफर गौतम राजदक्ष्यले फिल्मको पोस्टरका लागि फोटो खिचेका थिए । त्यस बेला म पाँच महिनाको गर्भवती थिएँ ।’

यद्यपि फिल्म प्रदर्शनपछि पनि फोटो सुट भएको हुनसक्ने तथ्यलाई भने नकार्न सकिँदैन ।

उनले पाँच महिनाको गर्व रहेको कुरा कसैलाई पनि जानकारी नदिएको समेत बताएकी छिन् । उनी थप्छिन्– सलमानले मेरो ज्यान ठूलो देखेर ‘बिहेपछि तिमी मोटी भयौँ’ भनेका थिए ।

दुई बच्चाको आमा बनेर फिल्ममा
सुपरहिट डेब्युकाे अवसरलाई पारिवारिक कारण देखाएर अभिनयबाट टाढा रहेकी भाग्यश्री दुई बच्चालाई जन्म दिएर मात्रै अभिनयमा फर्किएकी हुन् ।

सन्तान जन्माउन आफ्नो अभिनयको कामलाई आफूले विश्राम दिने निर्णय गरेको उनले सोही अन्तर्वार्तामा खुलाएकी छिन् ।

बच्चाको भविष्यका लागि विशेष गरी बाल्यकालमा आमासँगै रहनुपर्ने भएकाले आफूले सो निर्णय लिएको उनको दाबी छ । उनी थप्छिन्, ‘यो कुरा महत्त्वपूर्ण छ ।’

उनको पहिलो सन्तान छोरा र दोस्रो सन्तान छोरी हुन् ।

दोस्रो सन्तानलाई जन्म दिएपछि उनी तेलगु भाषाको फिल्ममार्फत् अभिनयमा फर्किइन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : ०६ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल