खप्तड पर्यटकीय सडक : ‘ट्र्याक’ नखोलेरै म्याद सकियो « Khabarhub

खप्तड पर्यटकीय सडक : ‘ट्र्याक’ नखोलेरै म्याद सकियो


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा एक पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणको योजना अधुरै छ ।

खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि बढाउने कामको अहिलेसम्म टुङ्गो लागेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’ निर्माणका लागि २०७६ सालमा बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालयअन्तर्गत सडक निर्माणको काम गर्ने गरी विनियोजित गरिएको रकम पहिलो किस्ता भुक्तानी गरी निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् ।

पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरेपछि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार रुपैयाँमा ट्र्याक खोल्न २०७७ पुसमा सम्झौता गरेको थियो । निर्माण कम्पनीले नौ लाख ८४ हजार पहिलो किस्ताबापत भुक्तानी लिएको छ । त्यसपछि निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन् ।

सम्झौताअनुसार सडकखण्ड निर्माण सम्पन्न गर्ने म्याद २०७९ असार मसान्तसम्म थियो । तर, पहिलो किस्ता लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीका जिम्मेवार व्यक्ति पटक पटक ताकेता गर्दासमेत सम्पर्कमा नआएका पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापाले बताए । उनका अनुसार धेरै पटक पत्रचार गर्दासमेत सम्पर्कमा नआएपछि कार्यालयले कानुनी कारबाही अघि बढाएको छ ।

निर्माण स्थलमा सडकको ट्र्याक खोल्दा काम गरेको पैसासमेत नपाएको भन्दै खप्तडछान्ना गाउँपालिका–३ का बासिन्दाले एमपी कन्स्ट्रक्सनको ट्र्याक्टर कब्जामा लिएका स्थानीय टोपबहादुर खड्काले बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १२ : ०४ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक