ब्लग : विदेशमा नेपाली विद्यार्थीको पीडा | Khabarhub Khabarhub

ब्लग : विदेशमा नेपाली विद्यार्थीको पीडा



विश्वभर आप्रवासन र ग्लोबलाइजेसन बढिरहेको छ । यही क्रममा विदेशमा धेरै नेपाली विद्यार्थीहरू छन्, जो पढ्न र कमाउनका लागि आएका छन् । तीमध्ये म पनि एक हुँ ।  

विदेशमा रहेका नेपाली विद्यार्थीले आफ्नो देशबाट टाढा पुगेर शिक्षा लिने क्रममा अद्भूत अनुभूति गरिरहेका छन् । उनीहरूले विभिन्न मानसिक चुनौतीको पनि सामना गर्नु परिरहेको छ ।

पैसा नै सबथोक होइन भनेर शिक्षा दिने सरहरु नै आज विदेश जानुभएको पढ्न, सुन्न पाइन्छ । अन्तिममा चाहिने भनेको पैसा नै रहेछ ! पैसा छ त साथीभाइ छन्, पैसा छ त आफन्त छन् । पैसा नभए मलामीसमेत पाउन गाह्रो पर्ने हो कि भन्ने भइसक्यो हाम्रो समाजमा ।   

सबैका व्यक्तिगत अनुभूति अलग हुन्छन् । तर, विदेशमा रहेका अधिकांश प्रवासी विद्यार्थीहरूमा मानसिक स्वास्थ्य सम्बन्धी चुनौती उत्पन्न हुने गरेको छ । उनीहरूले नयाँ वातावरणसँग जुध्नुपर्ने हुन्छ । सामाजिक सम्बन्धबाट टाढा रहनुपर्ने हुन्छ । आफ्नो देशबाट टाढा भएको अनुभव गर्नुपर्नेहुन्छ । भाषामा समस्या ब्यहोर्नुपर्छ । यी विविध कारणले गर्दा उनीहरूले  मानसिक तनावको अनुभूति गर्छन् । नयाँ संसारमा अध्ययन गर्दै गरेको अनुभव र नयाँ परिस्थितिबाट उत्पन्न चुनौतीका कारण यस्तो हुने गर्छ ।

योसँगै अनियमित खानपिन, अनियमित निद्रा र सामाजिक दूरीका कारण विद्यार्थीहरूको आत्मविश्वासमा कमी आउँछ र यसले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ । यसबाट आत्मविश्वास एवं कार्यकुशलतामा पनि कमी आउन सक्छ । अनिश्चितता र तनाव बढ्न सक्छ ।

   फेसबुकमा दुई-चारवटा फोटो हालेको देख्दा साथीभाइ भन्छन्– कस्तो आनन्द छ है तँलाई ? तर, त्यही दुई चारवटा फोटो पछाडि लुकेको आँशु कसले देखोस् ?

फेसबुकमा दुई-चारवटा फोटो हालेको देख्दा साथीभाइ भन्छन्– कस्तो आनन्द छ है तँलाई ? तर, त्यही दुई चारवटा फोटो पछाडि लुकेको आँशु कसले देखोस् ?

आफन्तहरू भन्छन्– आजकल विदेश गएर ठूली भइस्, बोल्दिनस्, नेपाल आउँदा एउटा आइफोन लिएर आइज है । तर, ती आफन्तले कहिल्यै सोध्दैनन् कि तँलाई कस्तो छ । केही पाउन केही गुमाउनैपर्छ । यहाँ भएका अधिकतम् नेपाली विद्यार्थीले आफ्नो घरलाई खुशी बनाउन आफ्नो मानसिक स्वास्थ्य बिगारेका छन् ।

आखिर यो मानसिक स्वास्थ्य होचाहिँ के ?
मानसिक स्वास्थ्य बिग्रनु भनेको पागल हुनु मात्र होइन । मानसिक स्वास्थ्य भनेको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक कल्याणसम्बन्धी सोचाइ हो । विदेशमा हामी धेरै सोच्छौँ । कसैले सानो केही भन्यो भने चित्त दुख्छ । हरेक मानिसलाई यो विषय सामान्य लाग्ला, तर सानो कुराले लाखौंको जीवन गएको छ ।

तँ कहाँ खाडी मूलक गएको होस् र ? तँलाई केको तनाव ? यसो भन्नेहरू पनि छन् । तर, तनाव छ । पढाइको दबाब । ग्रेडको दबाब । कमाउने दबाब । घरबाट आउने दबाब । साथीभाइले दिने तनाव । यस्ता कुराको दबाब विदेशमा रहेका ७७ प्रतिशत विद्यार्थीले ब्यहोरिरहेको छन् । कतिले तनाव सहन नसकेर आत्महत्या समेत गर्ने गरेका छन् । अष्ट्रेलियामा कोठामै कोही बितेको र अमेरिकामा पनि त्यस्तै भएको हामीले सुन्ने गरेका छौं ।

आखिर भन्नु पनि कसलाई ? सुनायो भने पागल भइस् भन्छन् । मजाक उडाउँछन् । कसैले बुझिहाल्यो भने टेक केयर, ख्याल गर् भन्छन्, सकियो । तर, यो विषय सुन्दा जति सहज लाग्न सक्छ, समाधान त्यति सजिलो छैन । 

ठूलो देशमा आएको भन्दैमा भगवानले पैसाको रूख दिनुहुन्न । तर, कहीँ न कहीँ हल्का सजिलो पनि छ । नेपाली विद्यार्थीहरू विदेशमा एक नयाँ समाज, भाषा र सांस्कृतिक अनुकरणका साथमा आउँछन् । नयाँ भाषा र सांस्कृतिक परिवर्तनले उनीहरूलाई सामाजिक अन्तरघुलनमा चुनौती अवश्य थप्छ । तर, यो चुनौतीले उनीहरूलाई नयाँ भूमिका र आत्म-पहिचान दिन्छ। अर्थात, उनीहरूले रोजगार र सामाजिक सम्बन्धनहरूमा चुनौतीको मुकाबला गर्न सिक्छन्, जसले उनीहरूलाई समृद्धि र प्रगतितर्फ अघि बढ्न मद्दत गर्छ। 

    आफ्नो परिवार, साथीभाइ, कोहीसँग पनि उसलाई निराश बनाउने व्यवहार नगरौँ । उसको हौसला बढाउँ । चिन्ता नगर्, तेरो लागि म छु भन्ने गरौँ ।

विदेशमा रोजगारी प्राप्त गर्नका लागि चुनौती अवश्य हुन्छन् । योबाटै उनीहरूले प्रगति गर्छन् । यो चुनौती र अनुभवले उनीहरूमा समृद्धि, सहजता, र सकारात्मकता बढाउँछ । अन्ततः उनीहरूले विदेशमा आफ्नो जीवन सुरक्षित, समृद्ध र पूर्ण बनाउँछन्।

यसका लागि सबै भन्दा पहिले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ । मानसिक स्वास्थ्य भनेको व्यक्तिको तनाव, चिन्ता, अवसादसँग सम्बन्धित हुन्छ । त्यसैले, आफ्नो परिवार, साथीभाइ, कोहीसँग पनि उसलाई निराश बनाउने व्यवहार नगरौँ । उसको हौसला बढाउँ । चिन्ता नगर्, तेरो लागि म छु भन्ने गरौँ

विदेशमा पढ्ने विद्यार्थीको मानसिक स्वास्थ्य सुरक्षित राख्न केही सुझाव :

पहिलो– स्वयंलाई पहिचान गर्नुहोस् र आफूलाई समृद्ध, बलियो बनाउनुहोस् ।

दोस्रो– आफूलाई सहज बनाउनुहोस् । नयाँ मित्रहरूसँग समय बिताउनुहोस् ।

तेस्रो– आत्मबल उच्च राख्नुहोस् । आफ्नो भावनात्मक स्थिति बुझ्नुहोस्।

चौथो– अरुसँग सहयोग आदान–प्रदान गर्नुहोस् । आफ्नो अनुभव सेयर गर्नुहोस्।

पाँचौं– नियमितरूपमा विश्राम लिनुहोस् र आराम गर्नुहोस् ।

छैठौं– सधैं सकारात्मक रहनुहोस् ।

सातौं– पर्याप्त खानपिनमा ध्यान दिनोस् । पर्याप्त निद्रा लिनुहोस्।

र, आठौं– स्थानीय संस्था, समुदायहरूसँग सहयोग लिनुहोस् ।

यी सुझावले तपाईंको जीवनलाई सुरक्षित एवं मानसिक रुपमा स्वस्थ रहनमा मद्दत गर्न सक्छ ।

  (तिवारी अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी हुन् ।)

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १ : ०३ बजे

बैंगलोरले चेन्नईलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज