टि-ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित « Khabarhub

टि-ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो खेलमा भारतको यूपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई अंक बटुलेको हो ।

टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको यूपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो । यूपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिए । यूपी ११ का तीन जना खेलाडी रन आउट भएका थिए ।

भारतको यूपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २-२ विकेट हात पारे । सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ ।

पुलिसका लागि शंकर राणाले अविजित ३१ रनको योगदान दिए भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेले । पुलिसका सुनिल धमला-७ तथा अर्जुन साउद शून्य रनमा रनआउट भए।

भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिए भने भीम शर्मा र असि अन्सारीले समान १-१ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका शंकर राणा घोषित भए।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : १४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५