मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा | Khabarhub Khabarhub

मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो हुनुपर्छ : देउवा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वदायी भूमिकामा मुलुकमा समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको भन्दै परिवर्तन स्थापित गर्न कांग्रेस बलियो भएर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले पार्टीभित्र पूर्ण रुपमा मेलमिलाप हुन नसकेको भन्दै जित र हारलाई स्वाभाविक रुपमा लिँदै पार्टीलाई एकतावद्ध गर्नुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत नआएपनि जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएको भन्दै सभापति देउवाले यसमा नेता तथा कार्यकर्ताको पनि ठूलो योगदान रहेको जिकिर गरे ।

त्यस्तै कांग्रेस उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले प्रदेशलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले छिटै आवश्यक कानून ल्याउने जानकारी दिए । निजामती ऐन, प्रहरी ऐन र शिक्षा ऐन ल्याउने तयारी भइरहेको भन्दै उनले तत्काल संसदको अधिवेशन बस्न नसके अध्यादेशमार्फत भएपनि आवश्यक कानून ल्याउने जानकारी दिए ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै प्रदेशका सम्मेलनमा कानून अभावको गुनासो सुनिएको भन्दै कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिए । उनले प्रदेशलाई बलियो बनाएमात्रै संघीयता बलियो हुने धारणा राखे ।

त्यस्तै कांग्रेस प्रदेश सभापतिहरुले पार्टीको भावनालाई समेट्दै पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ०९ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ