भ्रष्टाचारको जालो | Khabarhub Khabarhub

भ्रष्टाचारको जालो


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मान्छेले अति गरेको सहन्छ, चार गरेको सहँदैन । आज अतिचार गर्नेहरुको संख्या बढिरहेको छ । देश भ्रष्टाचारको दलदलमा फसिरहेको छ । यसको जालो तलदेखि माथिसम्म फैलिरहेको छ ।

अहिले भुइँमान्छेहरुको रगत र पसिना राजनीतिज्ञदेखि जागिरेसम्मले लिइरहेका छन् । छि ! यस्तो प्रवृत्ति विरुद्ध बोल्नेहरुलाई भित्रभित्रै अनेक षड्यन्त्र गरेर ज्यान लिइरहेका छन् ।

भ्रष्टाचारले देशलाई चुर्लम्म डुबाइसकेको छ । डुबाउनेहरुलाई लाग्दो हो– हामीले जिन्दगी शानदार बनायौं । तर, भुइँमान्छेको रगत र आँशु चुसेर यिनलाई के शान्ति होला र ? भ्रष्टाचारीहरुको कुनै धर्म हुन्छ ? जात, सम्बन्ध, पार्टीहरु कुन–कुन हुन्छ ?

म त भ्रष्टाचारीलाई भ्रष्टाचारी नै देख्छु । अरुले अर्कै अवतारमा देख्छन् र एउटा समस्या जन्मिएको छ ।

यी जस्तासुकै मान्छे हुन्, यिनको पहुँच जस्तोसुकै ठूलो होस्, च्याप्प समातेर जेल हाल्न कसले, केले रोकिरहेको छ ?

भ्रष्टाचारीलाई समातिनबाटै बचाउने खेल अनेक मान्छेहरुले खेलिरहेका छन् । यिनको पनि छानविन हुन आवश्यक छ ।

यहाँ कानुनभन्दा माथि कोही मान्छे छैन । माथि छु भनिए पनि कानुनको बलात्कार गरेर आफू माथि बुर्कुशी मारिरहेका छन् धुन्धुकारीहरु । यिनलाई भुइँमान्छेबारे के चासो ?

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ४७ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड