सहायता कक्षमा 'दोभासे' राख्दै कामपा | Khabarhub Khabarhub

सहायता कक्षमा ‘दोभासे’ राख्दै कामपा


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ ।   

बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर कामपाले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ । ‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,’ कामपाको सामाजिक समिति संयोजक रामकुमार केसीले भने। उनका अनुसार सांकेतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले कामपाको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागिएको हो ।  

कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई सांकेतिक भाषाको तालिम पनि उपलब्ध गराउने संयोजक केसीले जानकारी दिए। त्यस्तै कामपाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यावहारिकरप्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई  विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

इच्छा भएका सङ्घसंस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन आग्रह गरेको कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिए।  प्रमुख कोइरालाले भने , ‘विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यसहीत विद्यालयमा तालिम प्रदायक सङ्घसंस्थालाई सूचीकृत हुन आग्रह गरिएको हो ।’ 

कामपाले आफ्नो क्षेत्रमा सञ्चालित मध्येका ८१ वटा सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत हरेक शुक्रबार किताबमा भएकाभन्दा फरक र व्यावहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।  

चालु आर्थिक वर्षमा शिक्षाको लागि जम्मा रु एक अर्ब ३२ करोड  नौ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमको लागि छुट्टै बजेटको व्यवस्था गरेको छ । कामपाको मागअनुसार सूचीकृत हुने सङ्घ संस्थाले चालु आवको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाको कक्षा हुनेछन् ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : २२ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको