विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

आज पुस ७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

म्यानमारमा ६३.५ किलोग्राम कच्चा अफिम बरामद
म्यानमारको माण्डले र सागिङ क्षेत्रबाट ६३.५ किलोग्राम कच्चा अफिम बरामद गरिएको छ ।

लागूऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समितिले शनिबार जारी गरेको विज्ञप्ति अनुसार गोप्य सूचनाका आधारमा लागूऔषधविरुद्ध गरिएको कारबाहीका क्रममा प्रहरीले शुक्रबार माण्डले क्षेत्रको आङम्यायथाजान टाउनसिपमा रहेको बस स्टेशनमा एक जना महिलाको पार्सलको खोजी गरी ४५.५ किलो कच्चा अफिम बरामद गरेको हो ।

प्रहरीले शुक्रबार सागाङ क्षेत्रको सागाङस्थित यादनाबोन पुल नजिक एउटा यात्रुवाहक गाडीमा खोजतलास गर्दा १८ किलो काँचो अफिम बरामद गरेको छ । सो घटनामा दुई जना महिला पक्राउ परेका छन् ।

बरामद लागुऔषधको अनुमानित मूल्य करिब ६७.९५ मिलियन क्याट (३२,३५७ अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ।
पक्राउ परेका संदिग्ध व्यक्तिहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

मानव तस्करीको आशङ्कामा ३०३ भारतीय बोकेको विमान फ्रान्समा रोकियो

संयुक्त अरब इमिरेट्स (युएई)बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआका लागि उडेको एउटा विमान फ्रान्समा अवतरण गराइएको छ । मानव तस्करी भएको आशङ्कामा विमान अवतरण गराएर अनुसन्धान थालिएको जनाइएको छ ।

एएफपीका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने रहेको अनुमान छ ।

फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय सङ्गठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ । अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युनिटले थप सोधपुछका लागि दुई जनालाई हिरासतमा लिएको छ। यति मात्र होइन भारतीय दूतावासको टोली घटनास्थल पुगेको छ । दूतावासले यात्रुको हित र सुरक्षा महत्वपूर्ण रहेको बताएको छ ।

रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सको ए ३४० विमान दुबईबाट निकारागुआका लागि उडेको थियो । यो पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भात्री एयरपोर्टमा पार्क गरिएको छ। भात्री एयरपोर्टले प्रायः बजेट एयरलाइन्स सेवा गर्दछ।

फ्रान्स पुगेपछि यात्रुहरूलाई पहिले विमानमा राखिएको थियो तर त्यसपछि बाहिर निकालेर टर्मिनल भवनमा पठाइयो । प्रहरीले पुरै विमानस्थललाई घेराबन्दी गरेको छ ।

फ्रान्सेली अधिकारीहरूले विमानमा सवार व्यक्तिहरू मानव तस्करीको शिकार हुन सक्ने जानकारी प्राप्त गरेका थिए । लेजेन्ड एयरलाइन्सले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच, भारतीय दूतावासले अधिकारीहरू विमानस्थलमा पुगेको र फ्रान्सेली अधिकारीसँग सम्पर्कमा रहेको जानकारी दिएको छ ।

भारतमा कोरोनाबाट चार जनाको मृत्यु, ३ हजार बढी संक्रमित
भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल सङ्क्रमितको संख्या ३ हजार नाघेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको केरला २ जनासहित राजस्थान र कर्नाटकमा १–१ जनाको मृत्यु भएको छ ।

साथै, पछिल्लो २४ घण्टामा ७५२ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो मे २१ पछि एकै दिनमा रिपोर्ट गरिएको सबैभन्दा धेरै केस हो।

दुई तिहाइ इजरायलीहरू गाजा युद्धविरामको पक्षमा : सर्वेक्षण
दुई तिहाइ इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एक सर्वेक्षणले देखाएको छ । इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा रहेका छन् ।

लगभग २२ प्रतिशत उत्तरदाताहरूले युद्धविरामको बदलामा सम्झौता गर्न विपक्षमा रहेको बताएका छन् भने ११ प्रतिशत उत्तरदाताहरूले आफूहरू अनिश्चित भएको बताएका छन् ।

सो सर्वेक्षणमा ४ दशमलव ३ प्रतिशतको अनुमानित त्रुटि रहेको जनाए पनि सो मिडियाले ५०२ इजरायलीहरूको अनियमित नमूनामा गरिएको सर्वेक्षणमा भाग लिएको जनाएको छ ।

उनीहरूले सो सर्वेक्षणको क्रममा ७३ प्रतिशत इजरायलीले सम्झौता भइसके पछि मात्र युद्धविराममा सहमति जनाएका छन् भने ११ प्रतिशतले मात्रै वार्ताका क्रममा युद्धविराम गर्न सहमत देखाएका छन् ।

यस्तै, ६७ प्रतिशत इजरायलीहरूले बन्धकहरूको दैनिक रिहाइको बदलामा हालको युद्धविराम ढाँचालाई जारी राख्नु पर्ने पक्षमा देखिएका छन् भने २२ प्रतिशत विपक्षमा उभिएका छन् ।

ग्रीसद्वारा भू-मध्य सागरबाट ८१ आप्रवासीको उद्धार
भूमध्यसागरस्थित अन्तर्राष्ट्रिय जल क्षेत्रबाट ८१ जना आप्रवासीको ग्रीक अधिकारीहरूले उद्धार गरेका छन् ।

ग्रीसको राष्ट्रिय प्रसारकले शुक्रबार दिएको जानकारीमा घटनामा बेपत्ता तथा क्षतिको विवरण भने खुलाइएको छैन । फ्रान्सेली झण्डासहितको मालवाहक जहाज ग्रीसको समुद्री तटबाट करिब १२० माइल टाढाको क्षेत्रमा फसेको थियो ।

डुङ्गामा सवार ८१ जनालाई ग्रीसको पेलोपोनिज प्रायद्वीपको कालामाता बन्दरगाह सहरमा सारिएको छ । गत बर्ष पनि यही क्षेत्र र समयमा क्षमताभन्दा बढी धेरै सामान लिएर इटालीतर्फ जाँदै गरेको डुङ्गा पेलोपोनीज प्रायद्वीपको समुद्रमा डुबेको थियो ।

उक्त डुङ्गामा यात्रारत १०४ जनालाई ग्रीसको कोस्ट गार्डले सकुशल उद्धार गरेको थियो भने ८२ जनाको मृत शरीरलाई पानीबाट निकाली आफन्तलाई बुझाइएको थियो ।

सन् २०१५ मा शरणार्थी आप्रवासन संकट सुरु भएदेखि, एक लाख भन्दा बढी मानिसहरू ग्रीस पुगेका छन् । जसमध्ये अधिकांश युरोपेली देशहरू तर्फ लागेका छन् ।

युरोपेली परिषद् तथा संसद्ले बुधबार एक अस्थायी सम्झौता गरी यस मुद्दामा वर्षौंको गतिरोध तोड्दै शरण र आप्रवासन नीतिलाई पूर्ण रूपमा सुधार गर्ने अपेक्षा गरिएको छ ।

विश्वभर कोभिडका नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले बढ्यो
पछिल्लो चार हप्तामा कोभिड-१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले जनाएको छ ।

डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमितको मृत्यु सङ्ख्या आठ प्रतिशतले कमी आई विश्वभर कूल तीन हजारभन्दा बढी थप मृत्यु भएको छ ।’

डिसेम्बर १७ सम्ममा कोभिड(१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

कोभिड(१९ का एक लाख १८ हजार भन्दा बढी नयाँ अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष ९आइसियु० मा भर्ना भएका डब्लुएचओले जनाएको छ ।

डब्लूएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सल्लाह दिएको छ ।

यसमा भीडभाड, बन्द वा हावा नचल्ने ठाउँमा मास्क लगाउने, अरूबाट सुरक्षित दूरी कायम गर्ने, श्वासप्रश्वाससम्बन्धी नियम पालना गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, नियमित रूपमा हात सफा गर्ने, कुनै लक्षण देखिएमा वा कोभिड–१९ वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएको भए परीक्षण गर्ने जस्ता विषय समावेश छन् ।

उत्तरी लेबनानमा घरको छत भत्किँदा ४ सिरियाली शरणार्थी बालबालिकाको मृत्यु
उत्तरी लेबनानी शहर मिजियारामा भारी वर्षाका कारण घरको छत भत्किँदा शुक्रबार राति चार सिरियाली शरणार्थी बालबालिकाको मृत्यु भएको राष्ट्रिय समाचार एजेन्सीले शनिबार जनाएको छ।

सिरियाली शरणार्थी परिवार बसेको घरको भग्नावशेषबाट सिरियाली सुरक्षाकर्मीले दुई बालबालिकाको शव फेला पारेका छन् भने अन्य दुई शवको उत्खनन भइरहेको बताइएको छ ।

लेबनानमा हाल करिब २० लाख सिरियाली शरणार्थीहरू छन् । लेबनानमा जारी आर्थिक संकटका बीच डरलाग्दो परिस्थितिमा बाँचिरहेको भए तापनि, सिरियाली शरणार्थीहरू कानुनी कारबाहीबाट बच्न स्वदेश फर्कन अस्वीकार गरिरहेका छन् ।

लेबनानले अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । यहाँको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि छ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : ०० बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति