‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सीट बाँडफाँटबारे ठोस छलफल भएको छैन’ « Khabarhub

‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सीट बाँडफाँटबारे ठोस छलफल भएको छैन’


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनबारे ठोस छलफल नभएको बताएका छ्न् । सीट बाँडफाटको विषयमा अहिलेसम्म ठोस छलफल नभएको उनीहरुको भनाइ छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले अहिलेसम्म पार्टीमा पात्र र सीटका विषयमा ठोस छ्लफल नभएको बताए । केही दिनअघि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि यसबारे पार्टीमा सामान्य रुपमा मात्रै छलफल भएको बताएका थिए ।

यस्तै, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा पनि यसबारे सामान्य छलफल भएको नेताहरु बताउँछन् । जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन् ‘पहिला कति सीट पाइन्छ पक्का त होस् न ।’

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पात्र र सीटका बारेमा ठोस छ्लफल नभएको बताउँछन् । तर, नेताहरुले यसो भने पनि गठबन्धनमा पार्टीले पठाउने पात्रका बारेमा चाहिँ व्यापक छलफल भइरहेको स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘गठबन्धनमा रहेका सबै पार्टीमा आकाङ्क्षीहरु धेरै भएको देखिन्छ । सीट सिमित छ । पार्टीको आकार भन्दा सीट सङ्ख्या धेरै खोज्नेहरु पनि हुनुहुन्छ ।’

सत्ता घटककै अर्का एक नेताका अनुसार सीट सङ्ख्याका विषयमा पुस १५ भित्रमा फाइनल गर्न नेताहरु लागि परेका छन् । ती नेताले भने, ‘प्रधानमन्त्रीको १ वर्षको कार्यकालको समीक्षापछि नेताहरु बसेर यसबारे ठोस निर्णय गर्नुहुन्छ । १५ पुसभित्र टुङ्गो लगाउने तयारी छ ।’

निर्वाचनमा १९ सीटका लागि चुनाव हुनेछ । १ सीट भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको मतभार बलियो छ । आगामी १० माघमा हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ५५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का