‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सीट बाँडफाँटबारे ठोस छलफल भएको छैन’ « Khabarhub

‘राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सीट बाँडफाँटबारे ठोस छलफल भएको छैन’


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनबारे ठोस छलफल नभएको बताएका छ्न् । सीट बाँडफाटको विषयमा अहिलेसम्म ठोस छलफल नभएको उनीहरुको भनाइ छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले अहिलेसम्म पार्टीमा पात्र र सीटका विषयमा ठोस छ्लफल नभएको बताए । केही दिनअघि नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि यसबारे पार्टीमा सामान्य रुपमा मात्रै छलफल भएको बताएका थिए ।

यस्तै, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा पनि यसबारे सामान्य छलफल भएको नेताहरु बताउँछन् । जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन् ‘पहिला कति सीट पाइन्छ पक्का त होस् न ।’

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पात्र र सीटका बारेमा ठोस छ्लफल नभएको बताउँछन् । तर, नेताहरुले यसो भने पनि गठबन्धनमा पार्टीले पठाउने पात्रका बारेमा चाहिँ व्यापक छलफल भइरहेको स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘गठबन्धनमा रहेका सबै पार्टीमा आकाङ्क्षीहरु धेरै भएको देखिन्छ । सीट सिमित छ । पार्टीको आकार भन्दा सीट सङ्ख्या धेरै खोज्नेहरु पनि हुनुहुन्छ ।’

सत्ता घटककै अर्का एक नेताका अनुसार सीट सङ्ख्याका विषयमा पुस १५ भित्रमा फाइनल गर्न नेताहरु लागि परेका छन् । ती नेताले भने, ‘प्रधानमन्त्रीको १ वर्षको कार्यकालको समीक्षापछि नेताहरु बसेर यसबारे ठोस निर्णय गर्नुहुन्छ । १५ पुसभित्र टुङ्गो लगाउने तयारी छ ।’

निर्वाचनमा १९ सीटका लागि चुनाव हुनेछ । १ सीट भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको मतभार बलियो छ । आगामी १० माघमा हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया