झुलाघाट-चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन एमालेले भोलि पत्रकार सम्मेलन गर्ने « Khabarhub

झुलाघाट-चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन एमालेले भोलि पत्रकार सम्मेलन गर्ने


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले झुलाघाट चिवाभन्ज्याङ मध्यपहाडी राजमार्ग केन्द्रित यात्राबारे जानकारी दिन भोलि आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

एमालेले दिउँसो १ बजे पार्टी कार्यलय च्यासलमा पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा गरेको थियोे । समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएर एमालेले सुदूरपश्चिमको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म यात्रा गरेको हो ।

यात्राका क्रममा आएका सुझाव र ध्यानाकर्षण पत्रको बारेमा गहिरो अध्ययन गर्ने काम आज सम्पन्न भएको छ । अध्यक्ष ओलीले यात्राका क्रममा प्राप्त भएका हजारौँ सुझाव र मागपत्रहरु विस्तृतमा हेरेको भन्दै विभिन्न क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित निकायमार्फत् अघि बढ्ने बताएका छन् ।

‘समस्या प्रस्तुत गर्ने संस्थाहरूसँग पनि सम्पर्कमा रहने छौं । यात्राका क्रममा सुझाव दिनुहुने, आलोचना गर्नुहुने र समस्या समाधानका लागि छलफलमा सहभागी हुनुहुने सबैलाई धन्यवाद !’ उनले फेसबुकमा लेखेका छन् ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार धेरै सुझाव र ध्यानाकर्षण दिइएकाले ५ गते गर्ने भनिएको सम्मेलन तयारी नपुगेर भोलिलाई सारिएको हो । ‘धेरै जनताले सुझाव र ध्यानाकर्षण दिनुभएको थियो, त्यही भएर ५ गते गर्ने भनिएको सम्मेलन तयारी नपुगेर ८ गते भोलिलाई सारिएको हो ।’

पार्टीका उपमहासचिव प्रदिप ज्ञावालीले खबरहबलाई भने, ‘अध्यक्षज्यूले यसलाई बढो गम्भीर तरिकाले लिनुभएको छ ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २४ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने