झुलाघाट-चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन एमालेले भोलि पत्रकार सम्मेलन गर्ने | Khabarhub Khabarhub

झुलाघाट-चिवाभन्ज्याङ यात्राबारे जानकारी दिन एमालेले भोलि पत्रकार सम्मेलन गर्ने


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले झुलाघाट चिवाभन्ज्याङ मध्यपहाडी राजमार्ग केन्द्रित यात्राबारे जानकारी दिन भोलि आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

एमालेले दिउँसो १ बजे पार्टी कार्यलय च्यासलमा पत्रकार सम्मेलन गर्न लागेको हो । एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा गरेको थियोे । समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएर एमालेले सुदूरपश्चिमको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म यात्रा गरेको हो ।

यात्राका क्रममा आएका सुझाव र ध्यानाकर्षण पत्रको बारेमा गहिरो अध्ययन गर्ने काम आज सम्पन्न भएको छ । अध्यक्ष ओलीले यात्राका क्रममा प्राप्त भएका हजारौँ सुझाव र मागपत्रहरु विस्तृतमा हेरेको भन्दै विभिन्न क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित निकायमार्फत् अघि बढ्ने बताएका छन् ।

‘समस्या प्रस्तुत गर्ने संस्थाहरूसँग पनि सम्पर्कमा रहने छौं । यात्राका क्रममा सुझाव दिनुहुने, आलोचना गर्नुहुने र समस्या समाधानका लागि छलफलमा सहभागी हुनुहुने सबैलाई धन्यवाद !’ उनले फेसबुकमा लेखेका छन् ।

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार धेरै सुझाव र ध्यानाकर्षण दिइएकाले ५ गते गर्ने भनिएको सम्मेलन तयारी नपुगेर भोलिलाई सारिएको हो । ‘धेरै जनताले सुझाव र ध्यानाकर्षण दिनुभएको थियो, त्यही भएर ५ गते गर्ने भनिएको सम्मेलन तयारी नपुगेर ८ गते भोलिलाई सारिएको हो ।’

पार्टीका उपमहासचिव प्रदिप ज्ञावालीले खबरहबलाई भने, ‘अध्यक्षज्यूले यसलाई बढो गम्भीर तरिकाले लिनुभएको छ ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ८ : २४ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो