वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित « Khabarhub

वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्गलिश प्रिमियर लिगअन्तर्गत वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई आफ्नो घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । वेस्ट ह्यामका लागि खेलको ७२औं मिनेटमा जारोड बोवेन र खेलको ७८औं मिनेटमा मोहमद कुदुसले गरेका थिए ।

यो यस सिजनमा वेस्ट ह्यामको यो नवौं जित हो । यो जितपछि वेस्ट ह्यामको १८ खेलमा ३० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

त्यसैगरी, म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा आठौँ हार हो । १८ खेलमा २८ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा आठौँ स्थानमा झरेको छ । लगातार आलोचना खेपिरहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक टेन ह्यागले यो हारपछि राजीनामाको दबाब बढेको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ३७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको