विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो « Khabarhub

विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माविमा विद्यार्थीले लगाएको ताला खोलिएको छ।

गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र÷छात्राले पुस ५ गते लगाएको ताला सोमबार खोलिएको हो।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम कार्की, वडाध्यक्ष अनिश कार्की, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक लगायतको छलफलबाट सहमती जुटाएर विद्यालयको ताला खोलिएको हो। ताखा खोलिएपछि विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु भएको वडाध्यक्ष कार्कीले बताए।

हिउँदे बिदा सकिएर विद्यालय खुल्दासम्म पनि उपस्थित नहुने प्रअ यादव, शिक्षक रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादव र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको वडाध्यक्ष कार्कीले बताए। पटक–पटक विद्यालयमा लापरबाही गरेकाले प्रधानाध्यापक यादबलाई भने कारबाहीका लागि सिफारिस गरिएको छ।

कसैलाई जानकारी नगराइ र लिखित रुपमा निमित्त प्रधानाध्यापक नदिइ विद्यालयबाट पटक–पटक बेखबर बनेकाले यादवमाथि कारबाहीको लागि सिफारिस गरिएको हो।

वडा शिक्षक समितिले गरेका कतिपय निर्णय पालना नगरेको प्रअ यादवमाथि आरोप छ। प्रधानाध्यापक र शिक्षकलाई नगरपालिकाबाट पनि स्पष्टीकरण सोधिने शिक्षा शाखा प्रमुख कार्कीले बताए।

प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : ०३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार