हिटरले ज्यान जोखिममा « Khabarhub

हिटरले ज्यान जोखिममा

बुँदामा ध्यान दिनुपर्ने कुरा


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम छ। जाडोसँग जुध्न या बच्नका लागि हिटर बाल्नैपर्छ। यो चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो। खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यसले फाइदा नै दिन्छ। यसले मानिसलाई चिसोबाट राहत दिन्छ। तर यसले स्वास्थ्य र स्किनमा पनि क्षति गर्ने चिकित्सकले बताएका छन्। त्यसैले, तपाईं हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस्। यसको गलत प्रयोगले ज्यानै जान सक्ने भएकाले निकै सावधानी पुर्याउनु आवश्यक हुन्छ। न्यायो बनाउन प्रयोग गरिने हिटरलगायतको प्रयोग गर्दा ख्याल गर्नुपर्ने सवाल बुँदामा  :

-कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस्। किनकी यसबाट बाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ।

-ग्यासबाट चल्ने हिटर जलाएर कहिल्यै निदाउनु हुँदैन। यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जाने खतरा हुन्छ।

-मुटु, श्वासप्रश्वास, खोकी जस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन। यदि प्रयोग गर्ने हो भने कोठामा तातो पानी राख्न सक्नुहुन्छ। ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस्।

-छालाको लागि पनि हिटर राम्रो मानिँदैन। लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ। त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या हुन्छ।

-हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ। जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तिने गर्छन्।

-यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिउनुपर्छ। त्यसको साथमा चिया, कफी, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस्। छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस्।

-जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन्। हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गर्नुपर्छ।

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै राख्नु हुँदैन।

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं।

-हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं।

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ।

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ।

-श्वासप्रस्वास तथा घाती रोग विशेषज्ञ डाक्टर रवी महतसँगको कुराकानीमा आधारित

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २६ बजे

एमाले सचिवालय बैठक बस्दै, प्रतिनिधिसभामा उम्मेदवार टुंगो लगाउने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो

कांग्रेस सभापति गगन थापालाई सुजाताको शुभकामना, भन्छिन्– परिवर्तनलाई स्वीकार्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा