मुगुसहित कर्णालीमा हिमपात, जनजीवन प्रभावित « Khabarhub

मुगुसहित कर्णालीमा हिमपात, जनजीवन प्रभावित


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ  । 

लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा , खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत सोरु गाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रको जनजीवन कष्टकर बनेको हो । 

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन् । अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ ।

 हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए । बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् ।लगायतको हिमपातले ताल्चा विमानस्थल पनि बन्द भएको छ । 

यो वर्ष एक महिनाअगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरू आशावादी छन् । विशेषगरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ  

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ५० बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६