बारामा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ   | Khabarhub Khabarhub

बारामा एकैदिन ३३२ जना फरार प्रतिवादी पक्राउ  


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बारा- जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई  एकैदिन पक्राउ गरी अदालतमा पेस गरेको छ । जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार मात्रै विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत बारामा आवश्यक कारबाहीको लागि बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । अदालतबाट कैद तथा जरिवानाको फैसला सजाय भई कारबाहीको दायराबाट भाग्दै लुकिछिपी बस्दै आएका ठुलो सङ्ख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने विजय दासलाई अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय र ७ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ । उनीलाई बैकिङ कसूर मुद्दामा जिल्ला अदालत बाराले आदेश गरेको हो  ।

पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अन्सारीलाई हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय भएको छ । यो सजाय पाउनेमा जिल्लाको निजगढ नगरपालिका वडा नं.१ बस्ने बासु चौधरी लगायत भएको डिएसपी थापाले जानकारी दिए ।

पक्राउ परेका मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गराई मुक्त गरिएको उनले बताए । प्रतिवादी पक्राउ परी कारबाहीको दायरामा आएसँगै फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउने, अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवानाबाट मुक्त हुने छैन भन्ने सन्देश दिएको छ ।  

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ११ : ०१ बजे

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरूको नेतृत्व चयन भएको