बाजुरामा एक गर्भवतीको मृत्यु « Khabarhub

बाजुरामा एक गर्भवतीको मृत्यु


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताए । 

‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ’, उनले भने, ‘ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ ।’

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुंगानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए । बिक मुटुरोगी पनि भएको बताइएको छ । 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ११ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको