शुभम् पावरले आइपिओ खुला गर्दै | Khabarhub Khabarhub

शुभम् पावरले आइपिओ खुला गर्दै


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले १० प्रतिशले हुनआउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिसकेको र ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ । यसैगरी  ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागी छुट्याएको छ।

यस कम्पनीमा आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार कित्ताका लागिसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। 

उक्त सेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सबै सेयर बिक्री नभएमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण लगानीकर्ताले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयर प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १ : ३९ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने