छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार « Khabarhub

छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भजनी– हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक हुन, कालीकोट पचाल झरना गाउँपालिका-५ कि दुर्गा बुढा ।

बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उनी यतिबेला कैलालीको टीकापुर झरेकी छिन् । उनले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झरेकी हुन् । गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हालेकी उनले त्यो बेलामा मासिक ३० देखि ४० हजारसम्म कमाउँथिन् ।

‘गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ’, उनले भनिन्, ‘यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो ।’ तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उनले सुनाइन् ।

‘टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहिनेतले बनाएको घर अलपत्र पर्‍यो भने आम्दानीका सबै स्रोत पनि सुके’, उनले भनिन्।

नयाँ आम्दानीको स्रोतका लागि उनले पानीपुरी र चटपटेको व्यापार सुरु गरिन्। जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गरेकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन । 

‘दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ’, दुर्गाले भनिन्, ‘काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।’

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : २५ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट