काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप  | Khabarhub Khabarhub

काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप 


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् । 

 काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले  राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप लगाएका हुन् । यिनै संयन्त्रलाई बलियो र काम गर्न सक्नेगरी बनाउन थालिएको उनले जानकारी दिए । 

नेपाली जनतालाई निराश नबनाउने गरी आफूले काम गर्न उनको प्रतिबद्धता जनाएका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न दिएको पटक पटक आदेशलाई प्रहरीले बेवास्ता गरेको भन्दै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

उक्त विज्ञप्तिले गृहमन्त्रीको आदेश प्रहरीले नमाने स्पष्ट भएको र सुरक्षा संवेदनशीलतालाई ध्यान नदिई विज्ञप्ति जारी भएको भन्दै गृहमन्त्री लामिछानेको आलोचना भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : ४१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन

आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २७ गते शुक्रबार। साउन

सरकार र सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति

काठमाडौं – सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे

बाबुराम भट्टराईले भने : पुरानाले दलले पालैपालो गणतन्त्रको हुर्मत लिँदै छन्

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट पारित संवैधानिक परिषद्

‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको