तस्करी गरेको आरोपमा अफगानिस्तानमा दुई चिनियाँसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

तस्करी गरेको आरोपमा अफगानिस्तानमा दुई चिनियाँसहित पाँच जना पक्राउ


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तस्करी गरेको आरोपमा अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ नागरिकले अफगानिस्तानबाट अफगान सहयोगीहरूमार्फत पाकिस्तान हुँदै चीनमा बहुमूल्य पत्थर तस्करी गर्ने प्रयास गरेका बताइएको छ । बहुमूल्य पत्थरसँगै उनीहरूलाई पूर्वी अफगानिस्तानको सीमावर्ती शहर जलालाबादमा पक्राउ गरिएको हो ।

स्थानीय स्रोतका अनुसार बरामद भएका पत्थरमा ३० प्रतिशतसम्म लिथियम पाइन्छ । पाकिस्तानसँग सीमा जोडिएका अफगानिस्तानका नुरिस्तान र कुनारबाट गोप्यरूपमा ती पत्थर निकालिएको समाचारमा जनाइएको छ । चिनियाँ नागरिक र उनीहरूका अफगान सहयोगीहरूले अवैध रूपमा बहुमूल्य पत्थर पाकिस्तान हुँदै चीन ढुवानी गर्ने योजना बनाएका तालिबानन गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टरलीले जनाएको छ ।

गत डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उक्त घटनापछि चीनले आफ्ना नागरिकलाई अफगानिस्तान छोड्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ५६ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज