नेकपा एसमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव « Khabarhub

नेकपा एसमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् । 

अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका छन् । भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि   एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाजवादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने भएका छन् । 

सो भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि सहभागी थिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ५ : २२ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,