हेलिकप्टर पाइलटसँग अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ | Khabarhub Khabarhub

हेलिकप्टर पाइलटसँग अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्याङ्जामा फुटबल खेल भइरहेको समयमा मैदानमै हेलिकप्टर अवतरण गराउने पाइलट रानेश डंगोलसँग अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत ६ जना रहेका छन् । उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माघ ५ गते खेल भइरहेको समयमा स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेल मैदानमा नै प्रभुको हेलिकप्टर अवतरण गर्न लगाएका थिए । हेलिकप्टर ल्यान्ड गरेपछि खेल हेर्न आएका स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । सोही विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ४२ बजे

राठीकोलका ‘ब्रान्ड एम्बेस्डर’ बने राजेश हमाल

काठमाडौं – स्वदेशी एडेसिभ ब्रान्ड राठीकोलले अभिनेता राजेश हमाललाई ब्रान्ड

बेनी-दरबाङ सडक कालोपत्र, स्थानीयलाई सहज

गलेश्वर– बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मंगला गाउँपालिकाको

विधिको शासन उल्लङ्घनमा ओलीलाई उछिन्दै प्रचण्ड

काठमाडौं‌ – शासकीय सुधार तथा सुशासनको महत्वपूर्ण सूचक विधिको शासनमा

अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण, गुमाइन् दुवै कानको सुन्ने क्षमता

मुम्बई – बलिउड जगतकी चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ

अपहरणमा परेकी बालिका तीन वर्षसम्म पनि नभेटिएपछि लण्डनमा प्रदर्शन

काठमाडौँ– पाकिस्तानमा एक जना हिन्दु बालिकाको अपहरण भएको भन्दै बेलायतको