काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी | Khabarhub Khabarhub

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढेको छ । १४ फागुनमा हुने संघको १७ औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

जसका लागि आफ्नो नेतृत्वमा प्यानलसहित कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई काफ्ले, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ , उप महासचिव  अर्जुन मर्हजन रहेका छन् ।  त्यसैगरी, उप–महासचिवमा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।  

उम्मेदवारी घोषणा गर्दै गौतमले धाराशयी बनेको व्यवसायलाई माथि उकास्ने र यसका लागि सबै व्यवसायीसँग छलफल गर्ने बताए । विभिन्न ऐन तथा नीति नियमका निर्माण व्यवसायी पेशा धराशायी बनेको बताउँदै उनले ऐन तथा नीति नियम परिमार्जन गर्न आफूले पहल गर्ने बताए ।

२५ वर्षदेखि क्रियाशील रहेकाले अध्यक्षमा आफ्नो दाबेदारी रहनु स्वभाविक रहेको बताएका उनले व्यवसायीको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले शान्तकुमार श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : ३२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय