विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने « Khabarhub

विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्। खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग बढाउनसके अर्थतन्त्रमा गुणात्मक सुधार आउन सक्नेमा उनले जोड दिए।

प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मेन्याङ्बोले विद्युतीय उपकरणको प्रयोग र चार्जिङ स्टेसन विस्तार गर्ने विषय आफ्नो प्राथमिकतामा परेको स्पष्ट पारे । विद्युतीय सवारीसाधन र विद्युतीय चुल्होको प्रयोग बढाउनसके पेट्रोलियम पदार्थका लागि ठूलो रकम खर्च गर्न नपर्नेमा जोड दिँदै उनले आफ्नै देशमा हुने विद्युत् खपतले अर्थतन्त्रमा सुधार आउनाका साथै यसले वातावरण स्वच्छ राख्नसमेत मद्दत पुग्ने उनको भनाइ थियो । 

विद्युतीय सवारीसाधनको प्रयोग बढाउनका लागि प्रदेशभरिका जिल्लामा चार्जिङ स्टेसन विस्तार गर्ने योजनामा आफू रहेको  र यस्तै स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउन पनि आफूले ध्यान दिएको मन्त्री मेन्याङ्बोले बताए । कुनकुन क्षेत्रमा खानेपानीको अभाव र मुहान उपलब्ध छ भन्ने तथ्यांक लिएर सोहीअनुसार प्रदेश सरकारले योजना बनाउने पनि उनले जोड दिए।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्लाका पत्रकारसँग कुराकानी गर्ने क्रममा मन्त्री मेन्याङ्बोले प्रदेशको नामकरणलगायत विषय टुङ्ग्याउन पनि हालको सरकार र सदन प्रयासरत रहेको छ भने । 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ४४ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६