सामाजिक रूपान्तरणको विश्वासिलो माध्यम सहकारी : सचिव रेग्मी « Khabarhub

सामाजिक रूपान्तरणको विश्वासिलो माध्यम सहकारी : सचिव रेग्मी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियानलाई आर्थिक सामाजिक रूपान्तरणको विश्वासिलो आधारका रुपमा अघि बढाउन सहकारीको दीर्घकालीन रणनीतिमा जोड दिएको छ ।

सहकारी अभियन्तासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रलाई सुसंस्कृत, मर्यादित र कानूनको परिपालनामा अब्बल बनाउन कोसिस भइरहेको बताए । उनले भने, ‘देशको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी संविधानले परिकल्पना गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र बहुआयामिक गरिबी सूचकको सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सामथ्र्य रहेको छ ।’

 नयाँ सोच र सुसंस्कृत परिपाटीका साथ सहकारी अभियान अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले समुदायमा आधारित विकासको मूल मुद्दामा केन्द्रित  सहकारी संस्था समन्यायिक विकासमार्फत देशमा आर्थिक सामाजिक रूपान्तरण गर्ने क्षमताले युक्त र भरोसायुक्त क्षेत्र रहेको बताए। 

सो अवसरमा सहभागी वक्ताले सहकारीमा नकारात्मक प्रवृत्तिको नियन्त्रणका लागि अनुशासन र कानुनको परिपालना गरेका सहकारीलाई प्रोत्साहन अहिलेको आवश्यकता रहेको रहेको बताए। 

केही सहकारी संस्थामा देखिएको विकृतिले सारा सहकारी आरोपित हुने स्थितिको अन्त्य गर्न सहकारी संस्थाका सङ्घ महासङ्घ सक्रिय हुनुपर्ने सो अवसरमा सुझाव दिइयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ४८ बजे

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

टोरन्टो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क