अम्कोटमा दादुराको खोप नलगाएका बालबालिका भेटिए  « Khabarhub

अम्कोटमा दादुराको खोप नलगाएका बालबालिका भेटिए 


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा दादुराको लक्षण देखिएका बालबालिकाको नमूना संकलन गर्ने क्रममा कुनै पनि खोप नलगाएका बालबालिका पनि भेटिएका छन् । जिल्ला नै पूर्ण खोप घोषणा भइसके पनि तीन बालिकाले कुनै पनि खोप लगाएका थिएनन् । 

बिहीबार बूढीगङ्गा स्वास्थ्य शाखाका  स्वास्थ्यकर्मीले दादुराको लक्षण देखा परेका आठ बालबालिकाको रगतको नमूना लिने क्रममा तीन बालबालिकाले हालसम्म कुनै पनि खोप नलगाएको पाइएको स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताए। 

नमूना लिइएका आठ बालबालिकामध्ये दुई बालिका भारतबाट दुई साता अघि घर आएका र एक बालिका दुई वर्ष पहिले मात्र घर आएपछि उनीहरुले खोप नपाएको खुल्न आएको उनले  जानकारी दिए। 

खोप नलगाउनेमा सोही नगरपालिका–१ अम्कोटका तीन वर्षीया आशिका नेपाली, पाँच वर्षीया अनुस्का नेपाली र निशा नेपाली रहेका छन् ।
दादुरा तथा रुबेला रोगको लक्षण देखा परेका बालबालिको उपचारका लागि दुई घण्टाको पैदल बाटो हिँडेर धुरालसैन आधारभूत स्वास्थ्यचौकीमा जाँदा स्वास्थ्यकर्मीले उपचार नगरेर नगरपालिकालाई खबर गछौँ, घर जानु भनेर फर्काएको आफन्त कलशी नेपालीले बताए।

उनले स्वास्थ्य केन्द्रमा उपचार नै नगराएर स्वास्थ्यकर्मीले घर फर्काएपछि बालबालिकाको ज्यान जाने हो कि भनेर आफू चिन्तित बनेकीमा  नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी आएर उपचार गरेपछि बल्ल ढुक्क भएको उल्लेख गरे । गाउँमा २० परिवारका बालबालिका बिरामी भएको दुई साता बित्न लागेपछि  हिँडेरै उनीहरु दुई घण्टा टाढा रहेको धुरालसैन स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए । 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ०० बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी