सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री मोदी « Khabarhub

सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री मोदी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”

उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए । “आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो । तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ”, उनले भने । उनले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने आश्वासनसमेत दिए ।

फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नभई समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए । उनले भने, “यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ । पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उहाँको योगदानको कदर हुनेहो ।”

कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको उत्थान, समाज र राष्ट्रका निम्ति योगदान पु¥याएको जनाउँदै दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको थियो । ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२२’ बाट रेडियो नेपालमा तामाङ भाषाकी समाचारजाचिका रमिता लामा र नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । फोनिजले अहिलेसम्म दश पत्रकारलाई पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ३३ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय