सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री मोदी | Khabarhub Khabarhub

सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री मोदी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भने, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”

उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए । “आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो । तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ”, उनले भने । उनले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने आश्वासनसमेत दिए ।

फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नभई समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए । उनले भने, “यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ । पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उहाँको योगदानको कदर हुनेहो ।”

कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको उत्थान, समाज र राष्ट्रका निम्ति योगदान पु¥याएको जनाउँदै दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको थियो । ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२२’ बाट रेडियो नेपालमा तामाङ भाषाकी समाचारजाचिका रमिता लामा र नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । फोनिजले अहिलेसम्म दश पत्रकारलाई पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : ३३ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी