माध्यमिकी परिक्रमा जलेश्वर पुग्याे, स्थानीयले गरे स्वागत  « Khabarhub

माध्यमिकी परिक्रमा जलेश्वर पुग्याे, स्थानीयले गरे स्वागत 


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज बिहान महोत्तरीको जलेश्वरमा स्वागत गरिएको छ। सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी र जनकपुरस्थित अग्नि कुण्डका किशोरीजीको डोलाका साथमा धार्मिक झाँकी भजन कीर्तनसहित सुरु भएको परिक्रमा आज चौथो दिन जलेश्वर आइपुगेको हो ।

परिक्रमाअन्तर्गत पहिलो बास मंगलबार भारतको कलानेश्वरमा बुधबार भारतकै गिरिजास्थान (फुल्हर), तेस्रो दिनको विश्राम बिहीबार महोत्तरीको मटिहानीमा र आज शुक्रबार चौथो दिन सदरमुकाम जलेश्वर आइपुग्दा स्थानीयवासीले स्वागत गरेका छन् । बाजा, गाजासहित लाखौँको संख्यामा रहेका साधु  नागा र भक्तजनले नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर महोत्तरीको जलेश्वर प्रवेश गर्दा स्थानीयवासी तथा जिल्ला प्रशासनले पूजापाठ गरी स्वागत गरेका हुन् ।

स्थानीयवासीले ठाउँ ठाउँमा परिक्रमा यात्रीका लागि निःशुल्क भोजन, पानी, दाउरा, बिजुलीको व्यवस्था मिलाएका छन् ।परिक्रमाका सहभागीले पाँचौँ दिनको विश्राम मडैमा, छैठौ दिन ध्रुवकुण्डमा, सातौँ दिनको बास कन्चनवनमा बसेर आठौँ दिन पुनः धनुषाको पर्वतमा बस्नेछन् । त्यसपछि धनुषाधाम, औरही, करुणा, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्कने छन् ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं परम्परागत सद्भावको प्रतीकका रूपमा रहेको परिक्रमा यात्राको नेपालमा ११ तथा भारतमा चार गरी १५ विश्राम स्थल छन् । मिथिला महात्म्यमा यी विश्राम स्थलका पौराणिक एवं धार्मिक महत्त्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा  आस्था रहेको पाइन्छ ।

मिथिला महात्म्यअनुसार १८ औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आइएको छ । यात्राका सहभागीले नेपालका एक सय सात र भारतको २६ गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्छन् । परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सितामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागी भएका छन् ।

फागुन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमामा समापन गरिन्छ । यस यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

परिक्रमाका यात्रुहरू भारतको कलना, फुलहर, नेपालमा महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुव कुण्ड, कञ्चनवन हुदैँ धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली  यात्रा सम्पन्न गर्छन् ।

सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्त हुने विश्वाससहित पैदल यात्रा गर्ने मान्यता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको हो । मिथिलाको महाकुम्भ नामकरण गरिएको यस परिक्रमा यात्रामा नेपाल भारतका हजारौँ साधुसन्त महन्थ र गृहस्थहरुको सहभागिता छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  २ : ०१ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये