सङ्घीयतालाई सुदृढ बनाउन सबै दललाई एकजुट हुन सांसद शर्माको आग्रह | Khabarhub Khabarhub

सङ्घीयतालाई सुदृढ बनाउन सबै दललाई एकजुट हुन सांसद शर्माको आग्रह


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वर्द्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिए । उनले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने बताए ।

उनले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण पनि गराए । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उनको भनाइ छ ।

जमिन बाँझो हुने, अपार प्राकृतिक स्रोत खेर गएको, युवा विदेशिन बाध्य भएको तथ्य पेश गर्दै उनले उपयोग हुन नसकेको स्रोत साधनको सदुपयोग गर्दै समृद्धिको महाअभियान सुरु गर्नुपर्ने बताए ।

लघुवित्तको बदमासीका कारण नागरिकले दुःख पाएको भन्दै सांसद शर्माले तत्काल सरकारले समस्या समाधानका लागि पहल लिनुपर्ने स्पष्ट पारे । उनले सन्तुलित परराष्ट्र नीतिको बढावा दिनुपर्नेमा जोड दिए । संवैधानिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको चयन गर्ने जसरी बहस भइरहेकामा आपत्ति प्रकट गर्दै उनले राष्ट्रिय सहमतिका आधारका विषयको टुङ्गो लगाउनुपर्ने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ३ : ५३ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका