राष्ट्रपति चयनका लागि दलहरुबीच सहमति आवश्यक : उपमहासचिव शर्मा « Khabarhub

राष्ट्रपति चयनका लागि दलहरुबीच सहमति आवश्यक : उपमहासचिव शर्मा


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलकाबीचमा साझा सहमति हुन जरुरी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताए । उनले आफ्नो पार्टी राष्ट्रिय विषयमा प्रमुख दलहरुबीच साझा सहमति हुनुपर्छ भन्ने मान्यतामा रहेको उल्लेख गरे ।

राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा आज साँझ बस्ने बैठकले टुङ्गो लगाउने उनको भनाइ थियो । पूर्वअर्थमन्त्री समेत रहेका नेता शर्माले मुलुकको सामु देखिएको आर्थिकलगायतका अन्य समस्या समाधानका लागि दलहरुबीचको एकता जरुरी रहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : १७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको