मतदाता नामावलीमा सांसद चौधरीको नाम समावेश « Khabarhub

मतदाता नामावलीमा सांसद चौधरीको नाम समावेश


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ट्र्याक्टरमाथि आगजनी गरेको अभियोगमा सांसद चौधरीलाई अदालतले दोषी ठहर गरेको थियो । उनलाई माघ १९ गते प्रहरीले नियन्त्रणमा लिई कारागार चलान गरेको थियो । उक्त प्रकरणपछि सांसद चौधरी निलम्बित भएका थिए ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो । उनी यही आइतबार कारागार मुक्त भएका थिए । निलम्बन फुकुवा भएसँगै उनको सांसद पद कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य सङ्गीता मण्डल धानुक, राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङ, प्रदेशसभा सदस्य सरस्वती खड्का र सञ्जुकुमार चौधरीको विवरण सच्याएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । नामावली सच्याएर कार्यालयले आजै अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । शनिबार उम्मेदवारको मनोनयन तोकिएको छ । भोलि बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिने कार्यतालिका छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ४ : २७ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा