नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको पनि सम्मान होस् : नेता महर « Khabarhub

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको पनि सम्मान होस् : नेता महर


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा कांग्रेस र भ्रातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिन सक्ने चुनौतीको आँकलन गर्नुपर्ने बताए ।

“कांग्रेस सधैँ मुलुकको हितमा काम गर्छ । यसपटक पनि हामीले राजनीतिक स्थायित्व खोजिरहेका छौँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायित्वको खोजी नै हो” उनले भने, “यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ । यसपटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनु पर्छ ।”

उनले कांग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफू संसद्को सबभन्दा ठूलो दल भएको र भोलि जनतालाई दिने जवाफको हेक्का राख्न उहाँले पार्टी नेतृत्वलाई आग्रह गरे । “कार्यकारी अधिकार रहेका सबै पद गुमेका छन् । यस्तो अवस्थामा कांग्रेसले मुलुकको हित खोजिरहेको छ । यो उदारताको गठबन्धनमा रहेका दलले सम्मान गर्नुपर्छ”, उनले भने ।

नेता महरले स्ववियु मिनी संसद् भएकाले यसको निर्वाचनमा बिनागठबन्धन सफलता हात पार्नु नेविसङ्घ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालय र क्याम्पसमा अनियमितता बढेको उनको भनाइ थियो ।

“कतिपय क्याम्पसमा दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन एक दशकसम्म पनि हुन सकेको छैन । यसले क्याम्पसमा हुने विकास निर्माणमा अनियमिता भइरहेको छ । विद्यार्थीका हकहितका क्षेत्रमा काम हुन सकेको छैन । पाउनुपर्ने विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । शिक्षाको स्तर दिनानुदिन खस्किँदो छ । ठूलो सङ्ख्यामा सक्षम युवा नेतृत्व निर्माण हुन सकेको छैन” उनले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : २५ बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद