नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको पनि सम्मान होस् : नेता महर | Khabarhub Khabarhub

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको पनि सम्मान होस् : नेता महर


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा कांग्रेस र भ्रातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी दिनमा देखिन सक्ने चुनौतीको आँकलन गर्नुपर्ने बताए ।

“कांग्रेस सधैँ मुलुकको हितमा काम गर्छ । यसपटक पनि हामीले राजनीतिक स्थायित्व खोजिरहेका छौँ । प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायित्वको खोजी नै हो” उनले भने, “यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ । यसपटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनु पर्छ ।”

उनले कांग्रेसले मुलुकको हितका लागि कार्यकारी पद लामो समयका लागि गुमाउँदा आफू संसद्को सबभन्दा ठूलो दल भएको र भोलि जनतालाई दिने जवाफको हेक्का राख्न उहाँले पार्टी नेतृत्वलाई आग्रह गरे । “कार्यकारी अधिकार रहेका सबै पद गुमेका छन् । यस्तो अवस्थामा कांग्रेसले मुलुकको हित खोजिरहेको छ । यो उदारताको गठबन्धनमा रहेका दलले सम्मान गर्नुपर्छ”, उनले भने ।

नेता महरले स्ववियु मिनी संसद् भएकाले यसको निर्वाचनमा बिनागठबन्धन सफलता हात पार्नु नेविसङ्घ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालय र क्याम्पसमा अनियमितता बढेको उनको भनाइ थियो ।

“कतिपय क्याम्पसमा दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन एक दशकसम्म पनि हुन सकेको छैन । यसले क्याम्पसमा हुने विकास निर्माणमा अनियमिता भइरहेको छ । विद्यार्थीका हकहितका क्षेत्रमा काम हुन सकेको छैन । पाउनुपर्ने विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । शिक्षाको स्तर दिनानुदिन खस्किँदो छ । ठूलो सङ्ख्यामा सक्षम युवा नेतृत्व निर्माण हुन सकेको छैन” उनले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ७ : २५ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ