जिम्बाब्वेमा सञ्चालित चिनियाँ कारखानाले कामदारमाथि श्रम शोषण गरेको आरोप « Khabarhub

जिम्बाब्वेमा सञ्चालित चिनियाँ कारखानाले कामदारमाथि श्रम शोषण गरेको आरोप


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक जिम्बाब्वेमा चिनियाँ कम्पनीद्वारा सञ्चालित स्टिल र फलामको कारखानामा कामदारमाथि श्रम शोषण हुँदै आएको पाइएको छ ।

राजधानी हरारेबाट झण्डै दुई सय किलोमिटर दक्षिणमा रहेको म्भुमा क्षेत्रमा १ अर्ब अमेरिकी डलरको लगानीमा स्थापित कारखानामा श्रमिकमाथि शोषण हुने गरेको आरोप लागेको हो । उक्त कारखाना चिनियाँ स्वमित्वको डिनसन आइरन एण्ड स्टिल कम्पनी डिस्कोले सञ्चालन गर्दै आएको छ ।

सो कारखानामा कार्यरत कामदारहरुले कारखानामा अमानवीय कार्य वातावरण रहेको, कम्पनीले श्रमिकलाई जबरजस्ती काममा लगाउने गरेको र शोषण गर्ने गरेको आरोप लगाएका छन् । जिम्बाब्वेको ट्रेड युनियन जिम्बाब्वे कंग्रेस अफ ट्रेडले पनि सो कारखानाका मजजुर प्रति ऐक्यबद्धता जनाएको छ ।

ट्रेड युनियनका अनुसार उक्त कारखानाले कुनै सुरक्षाको बन्दोबस्तीबिना कामदारलाई काममा लगाउने गरेको छ । यसबाहेक उक्त कारखानामा शौचालय र भोजनगृहको पनि व्यवस्था गरिएको छैन । त्यस्तै, नियमित बिदा, आफन्तलाई भेट्ने समय र अन्य गतिविधिका लागि पनि कामदारलाई कारखानाले समय नदिने गरेको बताइएको छ ।

चिनियाँ कम्पनीमाथि जिम्बाब्वे र अफ्रिकी महादेशका अन्य मुलुकमा कामदारको शोषण, पर्यावरणीय क्षति, अपारदर्शी लगानीजस्ता आरोप लाग्दै आएको छ ।

यता डिस्कोको माउ कम्पनी सिङसानले यस्तो आरोपको खण्डन गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ४१ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती