लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न : वरिष्ठ उपाध्यक्ष ढकाल « Khabarhub

लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न हुन्न : वरिष्ठ उपाध्यक्ष ढकाल


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भोटका लागि गैरजिम्मेवाररुपमा व्यवसायीले जथाभावी बोल्न नहुने कुरा बताए ।

“हामीले हूललाई खुसी पार्न व्यावहारिक रुपमा सम्भव नहुने लोकप्रिय कुरा गर्न हुन्न”, उनले भने । उपाध्यक्ष ढकालले व्यवसायी साथीहरूले चुनावी फण्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे ।

कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उनले अब बिस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे । “अर्थतन्त्र अप्ठ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ”, उनले भने, “बिस्तारै धेरै कुरामा सुधार देखिन सुरु भएको छ । हामी व्यवसायीको जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि किञ्चित् नहडबडाई निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निराश हुनु हुँदैन । नैराश्यताले हामी आफैँलाई नै समस्यामा पार्छ ।”

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने