आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै | Khabarhub Khabarhub

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

सिंहको अवकाश सँगै ३०औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् ।

अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रवार सारिएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ४९ बजे

कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : विमलेन्द्र निधि

नवलपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस मात्रै

दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने

दार्चुला –दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी

नेपाल र अमेरिकाबीचको खेल वर्षाले प्रभावित

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको अभ्यास

तापक्रममा ‘रेकर्ड ब्रेक’: धनगढीलाई नेपालगञ्जले उछिन्यो

बाँके – नेपालगञ्जमा आज अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री

बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा

काठमाडौं – बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको