समाचार

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

By खबरहब

March 24, 2023

विराटनगर – प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको गए राति निधन भएको हो।

कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरणको मागसहित ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले प्रदर्शन गरेको थियो।