बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे सुरु « Khabarhub

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे सुरु


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।

बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लक पनि नापजाँचको प्रक्रियामा जाने बताए । उनले अहिले वडा नं २, ११ र १२ का जग्गाको नापजाँचको प्रक्रिया सुरु भएको र छिट्टै नै लालपुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने जानकारी दिए।

बुटवल–११ का अध्यक्ष रामचन्द्र खनालले आफ्नो वडामा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न नापीका लागि कन्ट्रोल प्वाइन्टको निर्धारणको काम सुरु भएको सुनाए । वडा नं २ का करिब तीन सय घरधुरी, वडा नं ११ का चार सय घरघडेरी र वडा नं १२ का एक सय २० घरधुरीको नापजाँच अगाडि बढाइएको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले उल्लेख गरे । उनकाअनुसार डीजीपीएस सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्नेछ ।

सर्भेमा बुटवल उपमहानगरपालिकाका पाँच सर्भेक्षक खटिएका छन् । छिट्टै नै सर्भे पूरा गरी नापजाँचको काम थाल्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जनाए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ३२ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार