तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी « Khabarhub

तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

झापा – तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।

मुलुकमै सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको पहिचान बनाएको झापामा तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्वदेशी सुपारीले बजार र उचित मूल्य पाउन नसकेको व्यवसायीको गुनासो छ । सुपारी कृषक नीलकण्ठ तिवारीले विदेशबाट डलरमा किनेर भारतमा तस्करी गर्ने उद्देश्यले सुपारीको आयात गर्न कार्य तत्काल रोक्न माग गरे। विदेशी सुपारीका व्यापारीले स्थानीय किसानले उत्पादन गरेको सुपारीले निर्यातको कोटा हडपेको आरोप लगाए ।

“किसानले बाहुनडाँगीमा फलाएको स्थानीय सुपारी काँकरभिट्टामा बेच्न ल्याउँदा प्रहरीले पक्रिएर दुःख दिने गरेको छ”, उनले स्थानीय सुपारीको व्यापारमा सरकार नरम हुनुपर्ने माग गर्दै भने, “स्वदेशकै उत्पादनले पुग्दो छ भने किन विदेशबाट सुपारी आयात गर्ने ?” नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको र सिङ्गापुरलगायतका तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन सुपारी आयात हुने गरेको उनले बताए । तेस्रो मुलुकबाट डलर खर्चेर हुने गरेको आयातलाई उनले ‘सुन दिएर घुन ल्याउने गरेको’ टिप्पणी गरे ।

खुला सीमाका कारण सीमित सुरक्षाकर्मीले मात्र सीमामा हुने अवैध धन्धा निमिट्यान्न बनाउन सम्भव नहुने प्रहरी उपरीक्षक दुर्गा रेग्मीको भनाइ छ । सचेत नागरिक, व्यवसायी र जनप्रतिनिधिबाट रचनात्मक सहयोगको खाँचो रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : २८ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन