सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदीको स्थिर « Khabarhub

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदीको स्थिर


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएके थियो ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।

गत आइतबार सुनको मूल्यले कीर्तिमान रेकर्ड कायम राख्न सफल भएको थियो । सो दिन सुनको मूल्य तोला २ हजार ९०० रुपैयाँ बढेको थियो । उक्त दिनको कारोबारमा सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो।

यसैगरी बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ११ : ५८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर