उपराष्ट्रपति यादवद्वारा आभार प्रकट « Khabarhub

उपराष्ट्रपति यादवद्वारा आभार प्रकट


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन् ।

उनले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गरेका छन् । उपराष्ट्रपति यादवले राजनीतिक परिवर्तनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता र मौलिक अधिकारका साथै अग्रगामी परिवर्तनको लक्ष्यप्राप्तिका लागि तथा शोषण, उत्पीडन, विभेद र असमानताका विरुद्ध भएको जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, ऐतिहासिक मधेस जनविद्रोहलगायतका जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु”, उपाष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही चैत ३ गते सम्पन्न निर्वाचनमा यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ०३ बजे

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी