१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जनाले बढ्यो « Khabarhub

१० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जनाले बढ्यो


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७ जनाले बढेको पाइएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार १० वर्षमा उक्त संख्यामा नेपालको जनसंख्या वृद्धि भएको हो ।

२०६८ सालमा गरिएको गणनाअनुसार २ करोड ६४ लाख ९४ हजार ५०७ जना रहेकामा १० वर्षपछि २०७८ मा गरिएको गणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

जसअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । जुन ४८.९८ प्रतिशत पुरुषको जनसंख्या देखिन्छ । महिला १ करोड ४९ लाख ११ हजार २७ छन् । ५१.०२ प्रतिशत महिलाको जनसंख्या रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : १७ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको