राहुल गान्धीको लोकसभा सदस्यता रद्द « Khabarhub

राहुल गान्धीको लोकसभा सदस्यता रद्द


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द भएको छ ।

चार वर्ष पुरानो मुद्दामा गुजरातको एक जिल्ला अदालतले दुई वर्षको जेल सजायको फैसला गरेसँगै शुक्रबार गान्धीको लोकसभा सदस्यको पद खारेज गरिएको हो । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै गान्धीको लोभसभा सदस्यता रद्द भएको जानकारी दिएको हो ।

यसअघि बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानी अभियोगमा फैसला सुनाउँदै गान्धीलाई दुई वर्षको जेल सजाय तोकेको थियो ।

उनको सदस्यता बिहीबारदेखि नै लागू हुनेगरी रद्द भएको लोकसभा सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।

 

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ३ : २५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति