बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत « Khabarhub

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमार्फत उनले विश्वासको मत प्राप्त गरेका हुन् । यो उनले दोस्रोपटक विश्वासको मत पाएका हुन् ।

गत १३ फागुनमा राप्रपाका ३ जना मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई समर्थन समेत फिर्ता लिएका कारण शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री जम्कट्टेल राखेको विश्वासको मतको पक्षमा ६७ मत परेको हो भने विपक्षमा १७ मत प¥यो । साथै ७ जना सांसद भने तटस्थ बसेका छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिए भने एमाले र राप्रपाले दिएन ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : २० बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६