कोशी प्रदेश नामाङ्कनको विरोधमा मृत्यु भएका लिम्बूलाई सहीद घोषणाको माग राख्दै प्रदर्शन « Khabarhub

कोशी प्रदेश नामाङ्कनको विरोधमा मृत्यु भएका लिम्बूलाई सहीद घोषणाको माग राख्दै प्रदर्शन


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश नामाङ्करणको विरोधमा भएको प्रदर्शनमा घाइते भइ बिहीबार राती मृत्यु भएका लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने भन्दै किरात राई यायोक्खाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

किरात राई यायोक्खाले शुक्रबार काठमाडौंको माइतिघरमा लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने, लिम्बुका हत्यारालाई कारवाही गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको बिहीबार राति निधन भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ०० बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको