बाघको आक्रमणबाट कञ्चपुरमा एक जनाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट कञ्चपुरमा एक जनाको मृत्यु


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेपालको कैलाली-कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र बाघको आक्रमणबाट एक नेपाली महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गाउँका स्थानीयसंग गएकी कंचनपुको पुनर्वास नगरपालिका( १० मदनटोलकी अन्दाजी वर्ष ३२ वर्षीया कलसा सार्कीमाथि बाघले आक्रमण गरेको हो ।

मेलापातका लागि गएका बेला बाघले आक्रमण गरेर महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पुर्व क्षेत्रमा भेटिएको कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए। सार्कीसंग अन्य महिला भने बाघको आक्रमणबाट भागेर बच्न सफल भएका छन् ।

भारतीय प्रहरीले घटनाको मुचुल्का बनाई कागजी प्रकृया पुगाएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : १० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको