झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ « Khabarhub

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् ।

सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो भनी वडा कार्यालयमा झुटो विवरण दिई जन्मदर्ता प्रमाणपत्र बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

झुटो विवरण पेस गरेर बनाएकै जन्मदर्ताको आधारमा नेपाली नागरिकता (वंशज) प्रमाणपत्रका लागि अनुसुची १ बमोजिमको फारमसमेत भरी सकेपछि शङ्का लागि वडा कार्यालयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा झुटो प्रमाणित भएको उनले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई झुटो विवरण पेस गरी जन्मदर्ता प्रमाणपत्र बनाएको कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए । उनीहरुलाई धादिङ जिल्ला अदालतले आज ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : २८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या